
आधिकारीक सुरुवातको ५० सौँ दिनमा आइपुग्दा कर्पोरेट पे प्रणालीमा ५० भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भई ५० करोड भन्दा बढिको भुक्तानी कारोबार फर्छ्यौट भएको छ ।
बैंक वित्तिय संस्थाहरुका साना तथा मझौला व्यवसाय लगायत विभिन्न संस्थाहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी उक्त कर्पोरेट पे प्रणाली संचालनमा ल्याइएको हो ।
यस प्रणाली मार्फत अन्तरबैंक र सोही बैंकको फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी गर्न सकिन्छ भने व्यावसायिक ग्राहक एवम् सेवा प्रदान गर्ने बैंक/वित्तिय संस्थाको लागि आवश्यक आन्तरिक नियन्त्रणको समेत उपयुक्त व्यवस्था रहेको छ ।
यी भुक्तानीहरू व्यावसायिक ग्राहकले छनोट गरे बमोजिम कनेक्ट आईपीएसमार्फत् रियल टाइममा र एनसीएचएल–आइपीएस मार्फत नन रियल टाइममा गर्न सकिन्छ ।