०२ असार २०८३, मंगलबार
राजनीति

विप्लव समूहका नेता–कार्यकर्तालाई छाड्न गृह मन्त्रालयले गर्‍यो सर्कुलर

फागुन २०, २०७७
विप्लव समूहका नेता–कार्यकर्तालाई छाड्न गृह मन्त्रालयले गर्‍यो सर्कुलर

प्रतिबन्धका क्रममा पक्राउ परेका नेकपा विप्लव समूहका नेता कार्यकर्तालाई रिहा गर्न गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएअनुसार मन्त्रालयले विप्लव समूहका नेता कार्यकर्तालाई रिहा गर्न सर्कुलर जारी गरेको हो ।

वार्तामा भएको सहमतिअनुसार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विप्लव समूहलाई लगाइँदै आएको प्रतिबन्ध खटाइएको छ । यससँगै विगत दुई वर्षयता भूमिगत अवस्थामा रहेको विप्लव समूहले शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि गर्न पाउने भएको छ ।

गृहले  प्रहरी प्रधान कार्यालयलाई बिहीबार एक पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा भने  सरकारी वकिलसँग समन्वय गर्न निर्देशन सर्कुलर गरेको छ ।

गृह प्रवक्ता चक्रबहादुर बुढाले विप्लवका कार्यकर्ता छाड्न सर्कुलर भइसकेको पुष्टि गरे । प्रतिबन्धका क्रममा विप्लव समूहका शीर्ष नेता धर्मेन्द्र बाँस्तोला सहित १ हजार बढी नेता कार्यकर्ता पक्राउ परेका थिए भने त्यसमध्ये हाल हिरासत र जेलमा गरी १४४ जना रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्