०५ असार २०८३, शुक्रबार

बिजुली बिक्रीका लागि निजी क्षेत्रलाई अनुमति दिन माग

फागुन २०, २०७७
बिजुली बिक्रीका लागि निजी क्षेत्रलाई अनुमति दिन माग

नेपालमा खपत गरेर बढी भएको बिजुली क्षेत्रीय बजारमा बिक्रीका लागि निजी क्षेत्रलाई समेत अनुमति दिन स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले सरकारसँग माग गरेको छ ।

    इपानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालको बिजुली बिक्रीका लागि आवश्यकपर्ने नीति शीघ्र तय गर्न र कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । भारत सरकारकातर्फबाट त्यहाँको केन्द्रीय विद्युत् प्राधिकरणले यही फागुन १४ गते जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार कार्यविधिले बिजुली व्यापारका लागि सहज भएको इपानको भनाइ छ ।

    नेपालभित्र उत्पादन भएको विद्युत् सरकारी तथा निजी क्षेत्रबाट भारतीय बजारसम्म लैजानका लागि मार्गप्रशस्त भएकाले त्यस्तो अवसरको सदुपयोग गर्नुपर्ने उनीहरुको भनाइ छ । इपान अध्यक्ष कृष्ण आचार्यले नेपालको विद्युत्लाई भारतीय बजारमा प्रतिस्पर्धी बनाउन कानूनी तथा प्राविधिकरुपमा तयारी गर्नुपर्ने र आवश्यक कठिनाइको तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्