२६ जेठ २०८३, मंगलबार

हवाई भाडा बढ्यो

फागुन २१, २०७७
हवाई भाडा बढ्यो

हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा वृद्धि गरेको छ । संघले २० देखि २२० रुपैयाँसम्म फ्युल सरचार्ज बढाएको हो ।

 नेपाल आयल निगमले सोमबारदेखि हवाई इन्धनमा मूल्य बढाएपछि भाडामा पनि मूल्य समायोजन गर्ने निर्णय भएको संघले जनाएको छ । सबैभन्दा बढी काठमाडौं–धनगढीमा र सबैभन्दा कम डोटी–साँफेबगरमा फ्युल सरचार्ज बढेको छ । नयाँ भाडादर शुक्रबारबाट लागू हुने संघले जनाएको छ ।
संघले यसअघि फागुन ८ गते पनि १० देखि ९० रुपैयाँसम्म हवाई भाडा वृद्धि गरेको थियो । कारोबार दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्