२६ जेठ २०८३, मंगलबार

दोभान आगलागीमा सुनमात्रै १५५ तोला जले

फागुन २१, २०७७
दोभान आगलागीमा सुनमात्रै १५५ तोला जले

काठमाडौं ।  ताप्लेजुङको दोभान बजारमा मङ्गलबार आगलागी हुँदा ४० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बे नेतृत्वको टोलीले सङ्कलन गरेको तथ्याङ्कअनुसार आगलागीमा ४० करोड पाँच लाख २४ हजार २९ रुपैयाँ बराबरको क्षति भएको छ ।

कुल रकममध्ये एक करोड २२ लाख ५० हजार रुपैयाँ बराबर सङ्घ, संस्थातर्फको क्षति भएको छ । त्यसैगरी आगलागीमा १५५ तोला बराबर सुन र ५२० तोला बराबरको चाँदीका गरगहना जलेका छन् । चामल ४१ हजार १७५ केजी, अलैँची २९ हजार ६१७ केजी जलेर नष्ट भएको छ भने अन्य घरायसी खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका सामग्री जलेको गाउँपालिकाले जनाएको छ । जिल्लाकै दोस्रो ठूलो बजारका रूपमा रहेको मेरिङ्देन गाउँपालिका–३, खाम्लुङको दोभान बजारमा मङ्गलबार बिहान भएको आगलागीमा ५० वटा घर जलेर नष्ट भएका थिए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्