×

NMB BANK
NIC ASIA

राजनीति

शान्तिपूर्ण राजनीतिमा विप्लवको ‘कम ब्याक’ : आज सार्वजनिक हुँदै

राष्ट्रियसभा गृहमा प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्दै

फागुन २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel


हिंसात्मक गतिविधि गरेको भन्दै झण्डै दुई वर्षअघि प्रतिबन्धमा परेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा अन्ततः शान्तिपूर्ण राजनीतिमा फर्किएको छ । तत्कालीन माओवादी, मोहन वैद्य नेतृत्वको माओवादी हुँदै टुक्रिएर केही समय खुला राजनीति गरेपछि प्रतिबन्धमा परेको विप्लव नेतृत्वको नेकपा प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा वार्तामा बसी ३ बुँदे सहमति भएसँगै शान्तिपूर्ण राजनीतिमा फर्किएको हो ।
हिंसात्मक आन्दोलनमा लागेका विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सफल भएको भन्दै ओली सरकारको प्रशंशा समेत भएको छ । उसो पृथकतावादी आन्दोलनमा लागेका सिके राउतलाई पनि ओलीले नै शान्तिपूर्ण राजनीतिमा ल्याएका थिए ।

Sagarmatha Cement
Muktinath Bank

बिहीबार सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाबीच भएको वार्तापछि ३ बुँदे सहमति भएको र सो सहमतिको विस्तृत विवरण शुक्रबार राजधानीको राष्ट्रिय सभागृहमा एक विशेष समारोहमार्फत सार्वजनिक गरिँदैछ । सोही कार्यक्रममा नै विप्लव करिब दुई वर्षपछि औपचारिक रुपमा सार्वजनिक हुनेछन् भने कार्यक्रमलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीबारको वार्तामार्फत भएको ३ बुँदे सहमतिमा सरकार र विप्लव पक्षबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव  पक्षका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।


Advertisment
Nabil box
Kumari

सो वार्ता टोलीमा सरकारका तर्फबाट रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लवको तर्फबाट प्रवक्ता प्रकाण्ड र उदयबहादुर चलाउने रहेका थिए ।

Vianet communication
Laxmi Bank

सोही सहमतिअनुसार सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध हटाइसकेको छ  । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लवको पार्टीलाई लगाइएको प्रतिबन्ध हटाएको हो । उसो त गृह मन्त्रालयले प्रक्रिया पुरा गरेर विप्लवका नेता कार्यकर्तालाई रिहा गर्न समेत सर्कुलर जारी गरिसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x