१० साउन २०८३, आइतबार

निःशुल्क मिर्गौला परीक्षणको सेवा लिन आग्रह

कात्तिक २०, २०७४
निःशुल्क मिर्गौला परीक्षणको सेवा लिन आग्रह
काठमाडौँ, ११ पुस - स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्थानीयस्तरमै निःशुल्क मिर्गौला परीक्षणको व्यवस्था गरिएकाले तत्काल मिर्गौला परीक्षण गर्न सबैलाई आग्रह गर्नुभएको छ ।gagan thapa

नेपाल प्रेस युनियनले यहाँ आज आयोजना गरेको पत्रकारको निःशुल्क मिर्गाैला परीक्षण कार्यक्रममा मन्त्री थापाले मिर्गाैला परीक्षणका लागि प्रयोग हुने ‘डिपिस्टिक किट’ सबै जिल्लामा पठाइसकिएकाले त्यसको उपयोग गर्न सबैलाई आह्वान गर्नुभयो ।

हरेक छ÷छ महिनामा मिर्गौला परीक्षण गर्नुपर्ने भए पनि नेपालमा धेरैले परीक्षण नगरेकाले गाउ ँगाउँमा परीक्षणको व्यवस्था गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य मन्त्रालयअन्तर्गत, आपूर्ति व्यवस्थापन महाशाखाले गत कात्तिकको दोस्रो साता नै देशभरि पहिलो चरणमा २० लाख जनाको मिर्गाैला परीक्षण गर्न पुग्ने गरी किट पठाइसकेको छ । आवश्यकतानुसार अरु पनि किट पठाउन सकिने महाशाखाको भनाइ छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको किटलाई स्थानीय आवश्यकतानुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पठाउन लगाइएको महाशाखाका निर्देशक भीमसिंह टिंकरीले जानकारी दिनुभयो । सो अवसरमा १३२ पत्रकारको मिर्गाैला परीक्षण गरिएकामा सात जनामा सामान्य समस्या देखिएकाले थप उपचारका लागि परामर्श दिइएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्