
आईपीएल सीजन १० को फाइनलमा मुम्बइ इन्डियन्सको पारी जब १२९ रमनमा सकिएको थियो तव धेरैलाई लागेको थियो कि यस पटक राइजिङ पुणे सुपरजायन्टस् टीम ट्रफी जित्नेछन् ।
पुणेको टीममा भारतको पूर्व कप्तान महेन्द्र सिंह धोनी पनि छन् । उनको पक्षमा सामाजिक सञ्जालमा राम्रै माहोल थियो ।
बाहुबली फिल्मको चर्चित डाइलग जस्तै गरी लेखिएका पोस्टहरु सामाजिक सञ्जालमा देखिएका थिए । ‘जब सम्म धोनीले पुणेलाई साथ दिन्छन् पुणेलाई आइपीएर जित्नबाट रोक्नेवाला जभ भएको छैन, मामा’ भन्ने डाइलग चर्चामा थियो ।
तर म्याच सकिदासम्म स्क्रिप्ट पूर्ण रुपमा बदलिएको छ । सास रोक्ने वाला अन्तिम ओभरमा हारिरहेको देखिएको मुम्बइ इन्डियन्सले पुणे सुपरजायन्ट्सको १२८ रनमा रोकिएका थिए ।
चर्चित लेखक उदय प्रकाशले फेसबुकमा लेखेका छन्, मुम्बइ एक रनले जित्यो तर धोनीले हारे ।’