कसरी हुनेछ पृथ्वीमा जीवनको अन्त्य ? नयाँ अध्ययनमा भयो खुलासा

पृथ्वीमा अक्सिजनको स्तरमा नाटकीय रूपमा गिरावट आउँदा अधिकांश जीवन नष्ट हुने एक नयाँ अध्ययनले देखाएको छ । 

अहिलेको जस्तो जीवन अबको एक अर्ब वर्षपछि कसैले पनि सास फेर्न नसकेर अन्त्य हुने वैज्ञानिकहरू विश्वास गर्छन् । 


Advertisement

पृथ्वीको वायुमण्डलमा अहिले लगभग २१ प्रतिशत अक्सिजन छ । सबै प्राणीको जीवन सुरक्षाका लागि अक्सिजन महत्त्वपूर्ण तत्त्व हो । 

जापानी वैज्ञानिक काजुमी ओजाकी र अमेरिकी वैज्ञानिक क्रिस राइनहार्डले पृथ्वी तथा यसको प्राकृतिक प्रणालीको एक नमूना बनाएर पृथ्वी कसरी परिवर्तन हुन्छ भनी पूर्वानुमान गरेका छन् । 


Advertisement

भविष्यमा गएर पृथ्वी बस्न लायक हुन्छ कि हुँदैन भनी अनुसन्धान गर्ने नासाको यो एक परियोजना हो । 

जापानको तोहो विश्वविद्यालयका वैज्ञानिक ओजाकीले न्यु साइन्टिस्ट पत्रिकालाई बताए, ‘पृथ्वीमा अक्सिजन सधैं रहिरहन्छ भन्ने छैन ।’

तर अबको एक अर्ब वर्षसम्म पृथ्वीमा अक्सिजन स्तर उच्च रहने अनुसन्धाताहरूको भनाइ छ ।

त्यसपछि पृथ्वी २.४ अर्ब वर्षअघिको स्थितिमा फर्किन सक्नेछ । त्यतिखेर ग्रेट अक्सिडेसन इभेन्ट अर्थात् अक्सिजन निर्माण भएको थियो । 

अमेरिकाको एटलान्टामा रहेको जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिक राइनहार्डले न्यु साइन्टिस्टलाई बताए, ‘अक्सिजनको गिरावट तीव्र गतिमा हुनेछ । अहिलेको भन्दा लगभग १० लाख गुणा कम अक्सिजन त्यतिखेर हुनेछ ।’

सबै प्राणी त्यतिखेर मर्नेछन् । अक्सिजन नचाहिने आदिम ब्याक्टेरिया मात्र बाँच्नेछ । 

पृथ्वीको ओजोन तह पनि नष्ट हुनेछ अनि पृथ्वी बढी ताप र हानिकारक विकिरणले आक्रान्त हुनेछ । 

घना विकिरणले पृथ्वीका महासागरलाई सुकाइदिनेछ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्