विप्लव समूहका नेता बास्तोला काभ्रेबाट रिहा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा भएका छन् ।

सरकारसँगको सहमति बमोजिम शुक्रवार काभ्रेबाट रिहा भएका हुन् ।


Advertisement

बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर प्रहरीले पठाएको छ ।

यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्‍याइएको थियो ।


Advertisement

बिहीवार सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेताहरुलाई रिहा गर्न सर्कुलर गरेको थियो ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्