भूमिगत क्रियाकलाप सञ्चालन गर्दै आइरहेको नेकपा (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सार्वजनिक हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् ।
नवलपरासीबाट काठमाडौं आएका विप्लव प्रधानमन्त्री ओलीलाई भेट्न शुरूमै बालुवाटार जान लागेका हुन् ।
सरकारसँगको वार्ता सफल भएपछि विप्लव दुई वर्षपछि सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन् ।
सरकार र विप्लव समूहबीच भएको सहमति सार्वजनिक गर्न २ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको छ ।
सार्वजनिक कार्यक्रमअघि प्रधानमन्त्री ओलीसँग विप्लवले भेट्ने कार्यक्रम रहेको बालुवाटार स्रोतले लोकान्तरलाई जानकारी दियो ।
त्यसपछि हुने कार्यक्रमलाई प्रधानमन्त्री ओली, विप्लव लगायतले सम्बोधन गर्दैछन् ।
गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी वार्ता टोलीसँग विप्लव समूहले हिजो ३ बुँदे सहमति गरेको थियो ।
सुरक्षा स्रोतका अनुसार विप्लव १२ बजेको समयमा नागढुंगाबाट काठमाडौं प्रवेश गरेका छन् ।
लोकान्तर संवाददाता