०६ असार २०८३, शनिबार

सार्वजनिक हुनुअघि प्रधानमन्त्रीलाई भेट्न विप्लव सिधै बालुवाटार

फागुन २१, २०७७
सार्वजनिक हुनुअघि प्रधानमन्त्रीलाई भेट्न विप्लव सिधै बालुवाटार

भूमिगत क्रियाकलाप सञ्चालन गर्दै आइरहेको नेकपा (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सार्वजनिक हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् ।

नवलपरासीबाट काठमाडौं आएका विप्लव प्रधानमन्त्री ओलीलाई भेट्न शुरूमै बालुवाटार जान लागेका हुन् । 

सरकारसँगको वार्ता सफल भएपछि विप्लव दुई वर्षपछि सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन् ।

सरकार र विप्लव समूहबीच भएको सहमति सार्वजनिक गर्न २ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको छ ।

सार्वजनिक कार्यक्रमअघि प्रधानमन्त्री ओलीसँग विप्लवले भेट्ने कार्यक्रम रहेको बालुवाटार स्रोतले लोकान्तरलाई जानकारी दियो । 

त्यसपछि हुने कार्यक्रमलाई प्रधानमन्त्री ओली, विप्लव लगायतले सम्बोधन गर्दैछन् ।

गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी वार्ता टोलीसँग विप्लव समूहले हिजो ३ बुँदे सहमति गरेको थियो । 

सुरक्षा स्रोतका अनुसार विप्लव १२ बजेको समयमा नागढुंगाबाट काठमाडौं प्रवेश गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्