पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुस्कान खातुनले एसिड आक्रमण विरुद्ध जारी राखेको अभियानले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा ठूलो योगदान पुगेको बताएका छन् ।
अन्तराष्ट्रिय साहसी महिला पुरस्कारबाट सम्मानित गरिने भएपछि खातुनलाई बधाई तथा शुभकामना दिँदै सभापति देउवाले यस्तो बताएका हुन् ।
उनले खातुनले देखाएको साहसको पनि प्रशंसा गरेका छन् ।
अमेरिकन सरकारले प्रदान गर्ने अन्तराष्ट्रिय साहसी महिला पुरस्कारबाट खातुन सम्मानित हुँदैछन् ।
अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा उनलाई सम्मान गर्दैछन् ।
लोकान्तर संवाददाता