०४ असार २०८३, बिहीबार

अन्तरिक्षमा रक्सी पिउन पाइन्छ ? यस्तो छ उत्तर

कात्तिक २०, २०७४
अन्तरिक्षमा रक्सी पिउन पाइन्छ ? यस्तो छ उत्तर


अन्तहिन अन्तरिक्षमा उडिरहनु कति धेरै तनावपूर्ण होला नि है ? के यस्तोमा यदी अन्तरिक्ष यात्री (एस्ट्रोनोट) अन्तरिक्षमा रहेका बेला रिल्याक्स गर्नका लागि थोरै थोरै मदिरा सेवन गर्न सक्दैनन् ? पक्कै पनि यसको जवाफ ‘नो’ हुन्छ ।

परम्परागत मान्यताअनुसार सरकारी एजेन्सीहरुले अन्तरिक्षमा मदिरा सेवनको अनुमति दिँदैनन् । यो पनि मानिन्छ कि, अधिक उचाइमा मदिरा सेवन गरे धेरै नशा लाग्छ ।

यो सवालको जवाफ ‘थिङ्क–ड्रिङ्क’ असरसँग जोडिएको । अधिक उचाइमा नपिएरै पनि ह्याङओभर हुन सक्छ । केही मान्छे भन्छन्, हवाईजहाजमा रक्सी पिउँदा धेरै नशा लाग्छ, त्यस्तो ‘थिङ्क–ड्रिङ्क’ असरका कारण हुन सक्छ । यसको अलवा यदि मानिसहरुले आफू नशामा रहेको सोच्छन भने उनीहरु नशा लागेको व्यवहार प्रदर्शन गर्ने गर्छन् ।

कुनै पनि अन्तरिक्ष यात्रीलाई माउथवाश, फरफ्यूम तथा आफ्टर सेभ लोसन जस्ता वस्तुहरु दिइँदैन, जसमा अल्कोहल मिसाइएको हुन्छ । खुला बियरले समेत अन्तरिक्ष स्टेशका सामाग्रीहरुमा क्षति पुर्याउन सक्छ ।

ठूलो कुरा दायित्वको पनि हो, जसकारण अन्तरिक्ष यात्री रक्सी पिउन सक्दैनन् । जस्तै एक विमानचालक फ्लाइटका दौरान रक्सी पिउन सक्दैनन् ठीक त्यही नियम १५० विलियन डलरको स्याटेलाइट लिएर अन्तरिक्षमा १७२०० मील प्रतिघण्टाको रफ्तारले यात्रा गर्ने अन्तरिक्ष यात्रीमा पनि लागू हुन्छ ।

अन्तरिक्ष यात्रुलाई उडान भर्नुभन्दा १२ घण्टा पहिलेदेखि नै रक्सी पिउन रोक लगाइएको हुन्छ । रक्सी पिउनाले सुरक्षाको सीमा खतरामा पर्न सक्ने जनाइन्छ ।



यसबारे संयुक्त राज्य अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेशनले एक रोचक प्रयोग परिन गरेको छ । १७ जना व्यक्तिलाई जमिनमा भोड्का पिलाइयो । त्यसपछि उनीहरुलाई कठिन परिस्थितिमा १२५०० फिटको उचाईमा अवस्थित एक स्टेशनमा पनि भोड्का पिलाइयो । यो प्रयोगबाट के पत्ता लाग्यो भने उचाइसँग रक्सीको नशाको कुनै सम्बन्ध छैन । यसको मतलव फ्लाइटका दौरान रक्सी पिए धेरै नशा लाग्छ भन्नु पनि गलत हो ।

मीर स्पेट स्टेशनका अन्तरिक्ष यात्रीलाई थोरै मात्रामा कोनियाक (उच्च किसिमको ब्रान्डी) बोक्न अनुमति मिलेको थियो । सन् १९६९ मा नील आर्मस्ट्रङ्गको साथ अन्तरिक्षमा गएका एक अन्तरिक यात्रीले पनि एक घुट्को वाइन पिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्