१५ असार २०८३, सोमबार

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सिद्धार्थ ग्रुपमा छुट

फागुन २१, २०७७
मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सिद्धार्थ ग्रुपमा छुट

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन सिद्धार्थ ग्रुप अफ विजनेश हस्पिटालीटी सँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । 

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले सिद्धार्थ ग्रुप अफ विजनेश हस्पिटालीटीबाट सञ्चालित होटल तथा रेष्टुरेन्टहरुमा खाना तथा परिकारहरुमा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । 

साथै, रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था पनि गरिएको छ । सिद्धार्थ ग्रुपका देशभर विभिन्न स्थानमा २१ वटा होटल, रिर्सोट तथा रेष्टुरेन्ट सञ्चालित छन् ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भीसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । 

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्