२७ असार २०८३, शनिबार

यामाहाको सडक सुरक्षा सचेतनामा मिस नेपाल प्रतियोगी

कात्तिक २०, २०७४
यामाहाको सडक सुरक्षा सचेतनामा मिस नेपाल प्रतियोगी

८ जेठ, काठमाडौं –मिस नेपाल २०१७ का प्रतियोगीहरूले यामाहाद्वारा आयोजित सडक सुरक्षा सचेतना कार्यक्रममा सहभागिता जनाएका छन् । शनिवार नेपाल प्रहरी, सडक सुरक्षा समाज नेपाल र एमएडब्लुका तालिमप्राप्त प्रशिक्षकले सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे उनिहरूलाई जानकारी गराएका थिए ।

प्रतियोगीहरूलाई नेपाल प्रहरी अन्तर्गत सडक सुरक्षा युनिटका प्रहरी नायब उपरीक्षक सविन प्रधान, सडक सुरक्षा समाज नेपालका निरज धौभडेल र यामाहाका सर्टिफाइड प्रशिक्षक जीना गुरुङले सवारी हाँक्दा र यात्रा गर्दा अपनाउनुपर्ने सावधानी र दुर्घटनाबाट बच्ने उपायहरूबारे जानकारी दिएका थिए ।

उनीहरूले काठमाडौंका चार व्यस्त चोकमा पुगेर सवारीचालक र पैदलयात्रीलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सन्देश दिएका थिए । उनीहरूले पैदलयात्रीलाई वायु प्रदुषणको प्रभावबाट बच्न ‘मास्क’ समेत वितरण गरेका थिए ।

मिस नेपाल प्रतियोगीहरूलाई बैंकर मेघा बैंकका चिफ अपरेटिङ अफिसर डा. रविना देशराज श्रेष्ठले महिला सशक्तिकरणबारे जानकारीमूलक सन्देश दिएकी थिइन् ।

शनिवार नै ‘फेस अफ फेसिनो’ कन्टेस्टको औपचारिक सुरुवात गरिएको छ । यामाहाले मिस नेपाल २०१७ मा अघिल्लो वर्षमाझैं टुह्विलर पार्टनरको भूमिका निभाएको छ । मिस नेपालका १९ प्रतियोगीमध्ये एक जनालाई ‘फेस अफ फेसिनो’ टाइटल प्रदान गरिनेछ । ‘फेस अफ फेसिनो’को लागि भोटिङ गर्नेमध्ये छानिएको एक जना भोटरले सामसुङको लेटेस्ट मोडेल एस –८ मोबाइल जित्न सक्नेछन् । यामाहाले मिस नेपाल २०१७ का विजेता र ‘फेस अफ फेसिनो’ का विजेतालाई एक–एक वटा फेसिनो स्कुटर उपहारमा दिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्