०६ असार २०८३, शनिबार

बानेश्वरमा शुरू भयो कांग्रेस संसदीय दलको बैठक, प्रचण्ड-नेपालको प्रस्तावबारे छलफल हुने

फागुन २१, २०७७
बानेश्वरमा शुरू भयो कांग्रेस संसदीय दलको बैठक, प्रचण्ड-नेपालको प्रस्तावबारे छलफल हुने
फाइल फोटो

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा शुरू भएको छ ।

संसद् भवन नयाँ बानेश्वरको लोत्से हलमा जारी बैठकमा प्रतिनिधि सभा पुनःस्थापना भएपछि कांग्रेसको रणनीतिका विषयमा छलफल हुने केन्द्रीय सदस्य एवं सांसद अभिषेक प्रताप साहले लोकान्तरलाई जानकारी दिए । 

बैठकमा मुख्यतः नयाँ सरकार बनाएर अघि बढ्न नेकपा प्रचण्ड नेपाल समूहले गरेको प्रस्तावका बारेमा छलफल हुने स्रोतले बतायो । 

बुधवार चितवनमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले कांग्रेसको काँधमा सरकारको जिम्मेवारी आए नभाग्ने प्रतिक्रिया दिएका थिए ।

देउवाको सो अभिव्यक्तिपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने आकलन गर्न थालिएको छ । 

देउवालाई प्रधानमन्त्री स्वीकार गरेमा कांग्रेसले नेकपा–प्रचण्ड नेपालसँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने समेत तयारी गरेका स्रोतको दाबी छ । 

बिहीवार बसेको पदाधिकारी बैठकमा समेत अविश्वासको प्रस्तावको बारेमा छलफल भएको थियो । बैठकमा संसद्मा कसरी प्रस्तुत हुने भनेर छलफल हुने एक नेताले बताए । 

salt training

कमेन्ट गर्नुहोस्