![सरकार र विप्लव समूहबीचको सहमतिमा हस्ताक्षर समारोह [LIVE]](https://lktcdn2.prixacdn.net/media/Biplav_D1xsUwchI0.jpg)
सरकार र नेकपा विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्ने समारोह राष्ट्रिय सभा गृहमा शुरू भएको छ ।
विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव समेत सोही कार्यक्रमबाट सार्वजनिक हुँदैछन् ।
सार्वजनिक हुनुअघि विप्लवले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
समारोहलाई प्रधानमन्त्री ओली र विप्लव लगायतले सम्बोधन गर्नेछन् ।
विप्लव करीब ३ वर्षदेखि सार्वजनिक मञ्चमा देखिएका छैनन् ।