
काठमाडौं, ८ जेठ– वैशाख ३१ मा सम्पन्न पहिलो चरण अन्तर्गतको स्थानीय चुनावको मतगणना सकिन लागेको छ । चार महानगर, केही नगरपालिका र गाउँपालिका बाहेकका स्थानीय तहको नतिजा सार्वजनिक भइसकको छ । २८३ स्थानीय तह मध्ये २७१ स्थानको परिणाम सार्वजनिक भइसकेको छ ।
चार महानगरपालिका काठमाडौं, ललितपुर, पोखरा र भरतपपुर महानगरपालिकासहितका धेरै मतदाता भएका उपमहानगर पालिका र नगरपालिकाको मतगणना जारी छ । पछिल्लो तथ्यांक अनुसार पहिलो चरणमा सम्पन्न भएको स्थानीय तहको चुनावमा नेकपा एमालेले ११५ स्थानमा जित निकालेको छ ।
दोस्रो स्थानमा रहेको रहेको नेपाली कांग्रेस १०३ स्थानमा जित निकाल्दै दोस्रो स्थानमा र नेकपा माओवादी केन्द्र ४६ स्थानमा जित निकाल्न सफल भएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारहरुले ३ स्थानमा जितेका छन् भने नयाँ शक्ति, राप्रपा, जनमोर्चा र नेमकिपाले एक एक स्थानमा जित निकालेका छन् ।
नेकपा एमालेले विभिन्न नगरपालिकाको ४२ स्थानमा मेयर पदमा जित हात पार्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २९ स्थानमा जित निकालेको छ । त्यस्तै माओवादी केन्द्रले ९ नगरपालिकामा मेयर पदमा जितेको छ भने नेमकिपाले १ स्थानमा मेयर पद जितेको छ ।
त्यस्तै नेकपा एमालेले ७३ स्थानमा गाउँपालिकाको उध्यक्षमा जित निकाल्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ७४ स्थानमा जितेको छ । माओवादी केन्द्रले ३७ स्थानमा गाउँपालिका अध्यक्षमा जित निकाले छ । त्यस्तै स्वतन्त्रले तीन, नयाँ शक्तिले एक, राप्रपा, जनमोर्चाले एक स्थानमा जित निकालेका छन् ।
एमालेले २३३ स्थानमा वडा अध्यक्ष पदमा जित हात पार्दा नेपाली कांग्रेसले १९६ स्थानीय तहका वडा अध्यक्षमा जित निकालेको छ । माओवादी केन्द्रले १सय १९ वडा अध्यक्ष मा जितेको छ ।