२७ जेठ २०८३, बुधबार

प्रधानमन्त्री ओलीले जनताको अधुरो सपना पुरा गर्ने

फागुन २१, २०७७
प्रधानमन्त्री ओलीले जनताको अधुरो सपना पुरा गर्ने

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै जनताका अधुरो सपना पूरा गर्ने बताएका छन् । 

आज दोलखाली दिदीबहिनी समूह (द्वाल्खा मिसामचा खल) ले आयोजना गरेको कार्यालय उद्घाटन तथा सम्मान कार्यक्रममा मन्त्री गुरुङले यही सरकार नै देशको आर्थिक उन्नति र विकास गर्न सक्षम भएको स्पष्ट पारे । 

सरकारका प्रवक्ता गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको सहमति सकारात्मक रहेको भन्दै देशमा अब शान्ति कायम भएको बताए । 


 

salt training

कमेन्ट गर्नुहोस्