२४ जेठ २०८३, आइतबार

प्रचण्ड–नेपाल पक्षको पत्रबारेमा ओली पक्षले निकाल्यो यस्तो विज्ञप्ति

फागुन २१, २०७७
प्रचण्ड–नेपाल पक्षको पत्रबारेमा ओली पक्षले निकाल्यो यस्तो विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका मुख्य सचेतक विशाल भट्टराईले प्रचण्ड–नेपाल पक्षका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही फागुन ११ गते सङ्घीय संसद् सचिवालयलाई पठाएको पत्रप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै पार्टीको संसदीय दलको नेतामा प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नै रहेको बताएका छन् ।

नेकपाको विधान २०७५अनुसार संसदीय दलको नेता चयन भएका अध्यक्ष ओली, उपनेता सुवाचन्द्र नेम्बाङ, मुख्य सचेतक भट्टराई र सचेतक शान्ता चौधरी नै रहेको तथा उनीहरुबाट पार्टीको प्रतिनिधित्व, आवश्यक निर्णय हुँदै आएको र भविष्यमा पनि सोहीअनु्रुप हुने स्पष्ट गर्दै मुख्य सचेतक भट्टराईले संसद् सचिवालयलगायत सबैमा द्विविधामा नपर्न विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएका हुन् ।

मुख्य सचेतक भट्टराईले निर्वाचन आयोगको गत माघ ११ गतेको निर्णयअनुसार पार्टीको बैठकको मान्यता प्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेको हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनुपर्ने व्यवस्था भएको स्मरण गराउँदै आयोगको निर्णयविपरीत गरिएका पत्राचारले मान्यता नपाउने वास्तविकतातर्फ सम्बद्ध सबैको ध्यानाकर्षण गराएका छन् ।
आजै प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक समेत बसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्