२३ जेठ २०८३, शनिबार

जब मन्त्रीकै अगाडि गैंडाको खाग र हात्तीका दाह्रा जलाइयो

कात्तिक २०, २०७४
जब मन्त्रीकै अगाडि गैंडाको खाग र हात्तीका दाह्रा जलाइयो


चितवन, ८ जेठ– चितवनको कसरास्थित चितवन राष्ट्रिय निकुञ्जको मूख्यालयमा आज औपचारिक कार्यक्रम आयोजना गरी वन्यजन्तुहरुका अवशेष (अखेटोपहार) नष्ट गरिएको छ ।

विभिन्न कारणले मरेका वन्यजन्तुको अखेटोपहार सोमबार नष्ट गरिएको हो । यस्तै विभिन्न समयमा बरामद गरिएका वन्यजन्तुका अंगहरु पनि नष्ट गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीको उपस्थितिमा वन्यजन्तुहरुका अंग नष्ट गरिएको हो । अखेटोपहार नष्ट गर्ने कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव, विभागीय प्रमुखहरु, मध्यवर्तीका प्रतिनिधि, राष्ट्रिय योजना आयोजका सदस्य, दातृ निकायका प्रतिनिधि लगायतको उपस्थिति रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

वन्यजन्तुका अखेटोपहार नष्ट गर्ने विषयको समाचार संकलनका लागि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकार पनि चितवन पुगेका छन् ।

झण्डै बीस वर्ष यता संकलन भएको वन्यजन्तुका अखेटोपहार नष्ट सोमबार नष्ट गरिएको हो । लामो समयसम्म भण्डारण गर्दा व्यवस्थापन गर्न अप्ठेरो भएको र सुरक्षा चुनौती समेत बढ्दै गएको भन्दै त्यसलाई नष्ट गरिएको निकुञ्जको भनाइ छ ।


२०५४ सालयता देशभरका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, जिल्ला वन कार्यालय लगायतमा संकलन भएका अखेटोपहारलाई निकुञ्जको कार्यालय कसरा र सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा भण्डारण गरिँदै आएको थियो ।

संकलन गरिएका अखेटोपहारमा गैंडाका ३ सय ६९ खाग, पाटे बाघका ६९ वटा छाला, जंगली हात्तीका १ सय ८५ वटा दाह्रा, चितुवाका ४ सय ९३ छाला, कस्तुरी मृगको ३६ थान बिना लगायतका वस्तु थिए ।

तस्वीरः अनवार्ड नेपाल (फेसबुकबाट)

salt training

कमेन्ट गर्नुहोस्