
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक पार्टी र संगठनभित्र बैचारिक द्वन्द्व हुँदै जाने भएकाले द्वन्द्वको व्यवस्थापनका लागि इमान्दार प्रयास आवश्यक रहेको बताएका छन् ।
मानवअधिकार तथा शान्ति समाजको २३औँ राष्ट्रिय परिषद् बैठकको आज पोखरामा उद्घाटन गर्दै उनले प्रतिनिधिसभाको पुनःस्थापनाबाट व्यवस्था, प्रणाली र बहुलबादमा आधारित लोकतान्त्रिक बहुदलीय संसदीय प्रणाली विघटनबाट बचेको उल्लेख गरे ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले लोकतन्त्रको रक्षा र नागरिक खबरदारीका लागि समाजका विभिन्न सङ्घ संस्थाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, पूर्वमन्त्री यज्ञबहादुर थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।