२७ जेठ २०८३, बुधबार

शुक्रबारदेखि बेपत्ता बालकको शव फेला, हत्याको आशंका

जेठ २५, २०८३
महोत्तरी
शुक्रबारदेखि बेपत्ता बालकको शव फेला, हत्याको आशंका
फाइल फोटो

महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँबाट शुक्रबारदेखि हराएका बालकको शव पोखरीमा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार शुक्रबार साँझ ५ः०० बजेतिर आफ्नै घर छेउमा खेल्दै गर्दा बेपत्ता भएका उनको शव पोखरीमा तैरिरहेको अवस्थामा भेटिएको हो ।

रोहित यादवका तीन वर्षीय छोरा मनिकेशको शव आज सोही ठाउँमा रहेको पोखरीमा फेला परेको हो ।

पोखरीमा तैरिरहेको बोराभित्र बच्चा रहेको भन्ने स्थानीयको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।

शव बोराभित्र भेटिएकाले हत्याको आशंकासहित घटनाको सूक्ष्म अनुसन्धान भइरहेको प्रवक्ता गोलेले बताए ।

जलेश्वर नगरपालिका–१२ निवासी आशुतोष यादवका १२ वर्षीय छोरा गौतम यादव जेठ ७ र वडा नम्बर ६ का बुधवा मण्डलका १५ वर्षीय छोरा अभय मण्डल जेठ १४ गतेदेखि बेपत्ता छन् ।

उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्