×

NMB BANK
NIC ASIA

विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा, देश शान्तिपूर्ण युगमा प्रवेश गरेको उद्घोष

फागुन २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तत: शान्तिपूर्ण राजनीतिको बाटोमा फर्किएको छ। उक्त पार्टीका महासचिव विप्लव शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक भएका छन्। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवको उपस्थितिमा दुई पक्षबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ।   

Sagarmatha Cement
Muktinath Bank

सरकार र विप्लव पक्षका वार्ता टोलीबीच बिहीबार अन्तिम सहमति भएको थियो। सरकारका वार्ता टोली संयोजक एवं गृहमन्त्री रामबहादुर थापा, सदस्य प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टाई तथा विप्लवका वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र सदस्य उदय चलाउने ‘दीपक’ ले  सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमत भएको सहमतिपत्रमा उल्लेख छ। सरकारले उक्त पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका उसका नेता, कार्यकर्ता रिहाइ गर्न र सम्पूर्ण मुद्दा खारेज गर्न सहमति जनाएको छ। यस्तै, दुवै पक्ष राजनीतिक समस्या वार्ताबाट समाधान गर्न सहमत भएको जनाइएको छ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा प्रधानमन्त्री ओलीले अब मुलुकमा हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गरे। मुलुक अब शान्तिपूर्ण युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो। ‘देश शान्तिपूर्ण युगमा प्रवेश गरेको छ, अब हिंसात्मक द्वन्द्व छैन’, सहमतिपत्रमा हस्ताक्षरपछि उत्साहित देखिएका प्रधानमन्त्री ओलीले भने, ‘यो बाटोमा पनि कोही छैन।’

Vianet communication
Laxmi Bank

ओलीले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आएकोमा बधाईसहित स्वागत गरे। त्यति मात्र होइन, ओलीले शुभकामनासमेत दिए। उनले यो कदम ऐतिहासिक भएको धारणा व्यक्त गरे। ‘यो ऐतिहासिक योगदानप्रति राज्य र पार्टीको तर्फबाट हार्दिक धन्यवाद दिन्छु’, उनले भने। विप्लवले एउटै कदमले जनताको मन जितेको उल्लेख गर्दै उनले भने, ‘उहाँले एउटै कदमबाट जनताको मन जित्नुभएको छ। यो साहसिक कदम हो।’ उनले तीनबँुदे सहमति काफी भएको बताए। उनले भने, ‘यसमा धेरै कुराको निष्कर्ष छ।’

उनले कुनै पनि समस्याको समाधान छलफल र वार्ता गरेर नै गरिने बताए। ‘कुनै समस्या छ भने त्यसको समाधान छलफल र वार्ताबाटै गर्ने हो, कुस्ती गरेर होइन’, उनले भने।

उनले विप्लव नेतृत्वको पार्टीले शान्तिपूर्ण रूपमा सहमति कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘शान्तिपूर्ण गतिविधि गर्नुहुनेछ, संगठन शान्तिपर्ण ढंगले बनाउनुहुनेछ’, उनले भने। उनले विप्लवका नेता कार्यकर्ताविरुद्ध लगाइएका मुद्दा हटाएर रिहा गर्ने प्रतिबद्धता पनि जनाए। ‘उहाँका नेता हामी प्रक्रिया मिलाएर छाड्छाैं, मुद्दा मामिला छ भने अन्त्य गर्छौं’, उनले भने।

नेकपाका महासचिव विप्लवले तीन बुँदे सहमतिप्रति प्रतिबद्धता जनाए। ‘हामी तीन बुँद्धे सहमतिमा प्रतिबद्ध छौँ, पालना गर्छौं’, महासचिव विप्लवले भने, ‘कहीँबाट आशंका र उत्तेजना, कुतर्क गर्न जरुरी छैन।’

विप्लवले सरकारसँगको सहमतिलाई जुन र घामको भेटसँग तुलना गरे। ‘एउटा गीत छ, यो कस्तो प्रेम भयो जुन र घामको जस्तो कहिल्यै भेट नहुने भनेजस्तो। जुन र घामको भेट हुँदैन भनेर देउडामा गाइन्छ। हामी त्यस्तै त्यस्तै हुन थालेको जस्तो मान्छेले अनुमान गर्थे। तर, जुन र घामको पनि भेट हुँदो रहेछ’, उनले भने, ‘यो अगाडि पनि हाम्रो कुरा भएको थियो।’

उनले प्रधानमन्त्रीसँग इमानदारीपूर्वक कुरा भएको उल्लेख गरे। उनले नेपाली जनतालाई नेतृत्व गर्ने अधिकार दिनुपर्ने बताए। अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x