०५ असार २०८३, शुक्रबार

पुरानो पाइप लाइनबाट पनि मेलम्चीको पानी

फागुन २२, २०७७
पुरानो पाइप लाइनबाट पनि मेलम्चीको पानी

मेलम्चीको पानी काठमाडौँ आएपछि नयाँ  र  पुरानै  वितरण  प्रणालीबाट वितरण गरिनेछ। तत्काल नयाँ पाइप लाइनबाट मात्रै सम्भव नहुने भएपछि आयोजना निर्देशनालय पुरानो वितरण प्रणालीबाट पनि वितरण गर्ने तयारीमा छ।     
  मेलम्चीको  सुरुङ  परीक्षणका लागि पानी पथान्तरण भइरहेको छ। परीक्षण  सफल  भए  दुुई  महिनापछि काठमाडौँ उपत्यकामा पानी आउनेछ।   सुन्दरीजलमा   आएको पानी  प्रशोधन  केन्द्रबाट  चक्रपथका विभिन्न पानी ट्याङ्कीहरूमा पु¥याएर वितरण प्रणालीबाट ग्राहकका धारामा पठाइनेछ। मेलम्चीको पानी आएपछि पहिलो  चरणमा  प्रसारण  लाइन  र पाइप  लाइन  परीक्षण  गरिने  मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ। करिब एक हप्ताको परीक्षणपछि    नियमित    रूपमा पानी  वितरण  हुने गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्