३१ जेठ २०८३, आइतबार

किसानको सूचीकरण आजदेखि

फागुन २२, २०७७
किसानको सूचीकरण आजदेखि

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले   किसान   सूचीकरण   राष्ट्रिय   अभियान शुभारम्भ गर्ने भएको छ। कृषि मन्त्रालयले शनिबार एक कार्यक्रममार्फत सो अभियानको  शुभारम्भ  प्रधानमन्त्री  केपी  शर्मा  ओलीले गर्ने  मन्त्रालयका  प्रवक्ता  श्रीराम  घिमिरेले  जानकारी दिए ।
   किसानको   सूचीकरणका   लागि   कृषि मन्त्रालयले  वेबमा  आधारित  एक  सफ्टवेयर  प्रणाली विकास गरेको र शनिबार त्यसैको शुभारम्भ हुने उनले बताए ।  मन्त्रालयले   सफ्टवेयरका   आधारमा   देशैभरिका किसानको विवरण तयार गरी विद्युतीय प्रणाली (वेबसाइट)मा राख्नेछ। किसानको सूचीकरण भइसकेपछि किसानको वर्गीकरण गरेर मात्र त्यसका आधारमा सेवासुविधा प्रदान गर्ने मन्त्रालयको तयारी छ। गोरखापत्रमका खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्