काठमाडौं, ८ जेठ– यस वर्षको गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउने तयारी गरिएको छ ।
सोमबार बिहान बसेको गणतन्त्र दिवस मुल समारोह समितिको बैठकले गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउने निर्णय गरेको हो ।
गणतन्त्र दिवस समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसलाई जनताको सहभागितामा सम्पन्न गर्नुपर्ने बताए । ‘गणतन्त्र दिवस नेपालको इतिहासमा युगान्तकारी दिन हो,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘यसलाई हामीले औपचारिकता भन्दा माथि उठेर जनताको सहभागितामा मनाउनु पर्दछ । गणतन्त्र दिवसबारे जति पनि सुझाव आएका छन्, तिनलाई समेटेर यसलाई भव्य रुपमा मनाऔं ।’
बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसलाई विविध कार्यक्रमसहित भव्य रुपमा मनाउने निर्णय गरेको छ ।