जति हतार गरेपनि नेकपा विभाजन प्रक्रिया टुंगिन दुई महिना लाग्ने


काठमाडौँ । चौतर्फी आलोचना र दबाबमा परेको निर्वाचन आयोगले नेकपाको विवादलाई कानुनी प्रक्रियाबाट टुंग्याउने तयारी गरेको छ । नेकपाको (दाहाल–नेपाल) पक्षले दलको आधिकारिकता मागदाबी गर्दै शुक्रबार दोस्रो पटक निर्वाचन आयोगमा मुद्दाकै रूपमा अर्को निवेदन पेस गरेपछि आयोग थप दबाबमा परेको छ ।

नयाँ मुद्दाका रूपमा अर्को निवेदन आएकाले अब पुरानो विषयमा प्रवेश नगरी अहिलेका निवेदनमाथि आयोगमा छलफल गरिने आयोग उच्च स्रोतले उल्लेख गरेको छ ।


Advertisement

 ‘पुरानो विषय तामेलीमा गएको बुझ्दा हुन्छ तर नयाँ सन्दर्भमा हेर्दिनँ भन्न मिल्ने अवस्था छैन,’ स्रोतले भन्यो, ‘आइतबारबाटै यसमाथिको प्रक्रिया अगाडि बढाइनेछ तर जति हतार गरे पनि निर्णयमा पुग्न २ महिनाको अवधि लाग्न सक्छ ।’

पार्टीको नाम, झन्डा र चिह्न दुरुपयोग गरेको, केन्द्रीय कमिटीको फागुन १९ को बैठकले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई स्थायी कमिटी सदस्यबाट निलम्बन गरेको, नेताहरू विशाल भट्टराई, महेश बस्नेत, कर्ण थापा, सूर्य थापा, प्रभु साह र शान्ता चौधरीलाई कारबाही गरिएको लगायतका विषयलाई नयाँ विवाद मानेर आयोगले कारबाही बढाउने स्रोतले उल्लेख गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।


Advertisement

 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्