×

NMB BANK
NIC ASIA

मुस्कानलाई बिहानै ‘गुड न्युज’

फागुन २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मुस्कान खातुन शुक्रबार बिहान कलंकीस्थित डेराबाट स्कुल जाने तयारी गर्दै थिइन् । त्यही बेला फोन आयो । जुन नेपालस्थित अमेरिकी दूतावासको थियो । त्यही फोनमार्फत यस वर्षको प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्लूओसी) अवार्डबाट सम्मानित हुन लागेको खबर पाएपछि सुरुमा त उनलाई पत्यारै लागेन । बा–आमा पनि आश्चर्यमा परे । अनलाइनमा समाचार आउन थालेपछि मात्रै उनी विश्वस्त बनिन् । 

Muktinath Bank


साढे ६ बजेतिरै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले फोन गरेर बधाई दिएको उनले सुनाइन् । ‘उहाँले मलाई एकदमै हौसला र सहयोग गर्नुहुन्छ, उहाँकै कारण प्रधानमन्त्रीसँग भेट्न पाएँ, कानुन पनि एकदमै कडा आयो र आज सम्मानको खबर पाएको छु,’ उनले भनिन्, ‘उहाँले बधाई दिन फोन गरेपछि नपत्याउने कुरा पनि त भएन ।’ आफन्त, साथीभाइ, शुभचिन्तक, राजनीतिज्ञ, सेलेब्रिटीहरूको फोन, म्यासेज, सामाजिक सञ्जालमार्फत बधाई र शुभकामनाको ओइरो लाग्न थालेको उनले बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


वीरगन्ज छपकैयाकी मुस्कानलाई एसिड आक्रमणविरुद्धको अभियन्ता भई पुर्‍याएको योगदानको कदरस्वरूप अमेरिकी विदेश मन्त्रालयले अवार्ड दिन लागेको हो । मुस्कानसहितको खुसी र झोला बोकेर उनी डेरा नजिकैको स्कुल लागिन् । बुबा रसुल अन्सारी पनि उनीसितै गए । उनी कलंकीकै ब्राइट फ्युचर सेकेन्डरी स्कुलमा कक्षा ९ की छात्रा हुन् । स्कुल पुग्दा त सम्मानको तयारी भइसकेको रहेछ । शिक्षकले मिठाई उपहार दिए । उनले सहपाठी र छिमेकीलाई मिठाई बाँडिन् ।


Advertisment
Nabil box
Kumari

स्कुलबाट फर्किएपछि त उनको व्यस्तता झनै बढ्यो । बुबा रसुल र आमा साहनाज खातुनले एकै स्वरमा भने, ‘जब यो कुरा ‘लिक’ भयो नि, बिहान ६ बजेदेखि फोन आएको आयै छ । एकैचोटि यति धेरै फोन आएर चकित परेका छौं ।’ छोरीको फोन र कुराकानीका लागि समन्वय गर्दागर्दै रसुलले त चियासमेत खान भ्याएका रहेनछन् । ‘तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि’ पुरस्कार दिइन लागेको नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Vianet communication
Laxmi Bank

घोषणा शुक्रबार गरिए पनि अन्तर्राष्ट्रिय नारी दिवसका दिन आगामी मार्च ८ मा उक्त अवार्ड प्रदान गरिने भएको छ । अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिंकन भर्चुअल कार्यक्रममा सहभागी हुनेछन् । ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलालाई १४ वर्षदेखि यो अवार्ड प्रदान गरिँदै आएको छ ।


पाकिस्तानी बालशिक्षा अभियानकर्ता मलाला युसुफजाईले पनि पाइसकेको यो अवार्ड आफूले पाउन लाग्दा हर्षविभोर भएको मुस्कानले सुनाइन् । ‘बिहान उठ्दाखेरी नै गुड न्युज सुनें,’ उनले भनिन्, ‘मैले सरप्राइज त धेरै पाएको छु, यति ठूलो सरप्राइज पाउँछु भन्ने सोचेको थिइनँ, जीवनकै ठूलो सफलता पाएको दिन हो यो ।’

एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण उनलाई २०७६ भदौमा १५ वर्षको उमेरमा तेजाब आक्रमण भएको थियो । स्वास्थ्यलाभको चरणमा रहेकी उनी अझै साताको दुई दिन कीर्तिपुर अस्पताल धाइरहेकी छन् । उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो । मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायका लागि आवाज उठाउँदै आएकी छन् । पाँच महिनासम्म अस्पतालको बेडमा रहँदा पनि उनी महिलामाथि हुने सबै किसिमका हिंसा र अपराधविरुद्ध बोल्दै आएकी थिइन् ।

धम्की र सामाजिक दबाबको सामना गर्दै तेजाब आक्रमणविरुद्धको निरन्तरको अभियानपछि सरकारले तेजाब आक्रमणकारीहरूलाई दण्डित गर्ने तथा रसायन बिक्रीलाई नियमन गर्ने अध्यादेश ल्याएको छ । ‘यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो, नेपालस्थित अमेरिकी दूतावासलाई उनको समर्थन र नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्नमा गर्व छ,’ दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

मुस्कानको खुसी देखेर परिवारका सदस्य पनि निकै खुसी छन् । ‘आजजस्तो खुसी मुस्कानलाई कहिल्यै देखेको छुइनँ,’ उनकी आमाले भनिन् । दिदीबहिनीलाई न्याय दिन्छु भनेर लागेकी छोरीलाई यो सम्मानले हौसला थपेको बुबा रसुल बताउँछन् । उनीहरू बेलाबेला मुस्कानका विगत सम्झिन्छन् । अनुहारमा सानो डन्डिफोर आउँदा पनि उनी बुबासँग औषधि ल्याइमाग्थिन् । एसिड आक्रमणपछि बाआमाको पिरलो थियो, सानो दाग पनि सहन नसक्ने मुस्कानले एसिडको ठूलो दाग कसरी सहन सक्लिन् ?

एसिड आक्रमणपछि शुभचिन्तक र देश–विदेशका चर्चित सेलेब्रेटीहरूले उनी र परिवारलाई निरन्तर हौसला दिइरहे । तेजाब हमलाविरुद्ध बोल्न पनि उनीहरू उत्साह दिन्थे । त्यसपछि मुस्कान आफैंले दोस्रो जीवन पाएको भन्दै बाआमालाई नै हौसला दिन थालिन् । आफूले बाआमा र परिवारबाट पाइरहेको साथ हरेक छोरीचेलीले पाउनुपर्ने उनी बताउँछिन् । ‘बाबाममीको सपोर्ट पाए छोराछोरीले नि गर्न सक्ने रै’छ, मेरो छोरीले आज यो कुरा संसारलाई देखाएकी छे,’ आमा साहनाजले भनिन्, ‘सबैभन्दा धेरै त आफ्नो घरबाटै सपोर्ट पाउनुपर्छ ।’

मुस्कानले महिला र बालबालिकामाथि हुने हिंसाविरुद्ध आगामी दिनमा झनै सशक्त भएर आवाज बन्ने संकल्प राखेकी छन् । आफूमाथि भएको हिंसा र अपराधलाई लुकाएर होइन घटना बाहिर ल्याएर सामाजिक रूपान्तरणमा लाग्नुपर्ने उनी बताउँछिन् । ‘जति बाहिर ल्यायो अपराध कम हुन्छ, हामी चुप लागेर बस्यौं भने झन् धेरैले पीडा खप्नुपर्ने हुन्छ,’ उनी भन्छिन् । उनीमाथि एसिड आक्रमण हुँदा पीडकलाई कारबाही गर्ने कानुनी व्यवस्था फितलो थियो । पीडितको घाउचोट हेरेर सजाय हुन्थ्यो । घाउचोट होइन अपराधीको सोच हेरेर सजाय दिनुपर्ने मुस्कानको अभियान थियो । निरन्तरको दबाबस्वरूप गत असोज १२ गते ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७’ जारी भएको छ ।

एसिड अपराध गर्नेविरुद्ध कैद र जरिवानालगायत कानुनी प्रावधान हेरफेर गर्न मुलुकी अपराध संहिता २०७४ सहित पाँचवटा कानुनका दफा अध्यादेशमार्फत हेरफेर गरिएको छ । कडा कानुनी व्यवस्था जारी भएसँगै एसिड आक्रमणविरुद्धको अभियानमा सफलता मिल्न थालेको छ । यसको प्रभावकारी कार्यान्वयन र पीडितको न्यायका लागि निरन्तर बोल्दै जाने मुस्कानको योजना छ ।

उनका बाआमाले पनि महिला हिंसा, बलात्कार, हत्या, दाइजो, चेलीबेटी बेचबिखनलगायत विकृति, विसंगति तथा नकारात्मक प्रवृत्तिको अन्त्यका लागि छोरीको अभियानको निरन्तरता चाहेका छन् । ‘सबैले नानुको मनोबल बढाइदिनुभएको छ, धेरै पढ्छु अघि बढ्छु भन्छे,’ बुबा रसुलले भने, ‘हामी पनि छोरीलाई सम्पूर्ण दिदीबहिनीको लागि उदाहरण बनाउन चहान्छौं ।’ मुस्कान भने एसिड आक्रमणमा परे पनि मुस्कान कसैले खोस्न नसक्नेमा ढुक्क छिन् । ‘अपराधीले एसिड आक्रमण गरे पनि सपना र स्माइल कहिल्यै पनि खोस्न सक्दैन भनेर म अगाडि बढेको छु,’ उनी भन्छिन्, ‘हाम्रो दागले केही पनि बिगार्दैन, जीवनमा केही न केही दुर्घटना हुन्छ तर हामी लुकेर होइन बिर्सेर अगाडि बढ्नुपर्छ ।’

पाँच सन्तानमध्येकी दोस्रो सन्तान हुन्, मुस्कान । दिदीको विवाह भइसकेको छ भने उनका तीन भाइबहिनी छन् । मुस्कानलाई उपचार गर्न काठमाडौं ल्याएसँगै सपरिवार यतै बस्न थालेको पनि डेढ वर्ष हुँदै छ । सात जनाको परिवार कलंकीस्थित चारकोठे फ्ल्याट भाडामा लिएर बस्छन् ।

पुरस्कारले मुस्कान र उनीजस्ता पीडितका लागि अपराधविरुद्ध लड्न हौसला दिने एसिड पीडितका निम्ति काम गरिरहेका उज्ज्वलविक्रम थापा बताउँछन् । ‘एसिड आक्रमणमा परेको मुस्कान एउटा पात्र हो, अवार्ड दिएर उसलाई र हाम्रो देशलाई अन्तर्राष्ट्रियस्तरले पहिचान दिएको छ,’ उनले भने । कान्तिपुर दैनिकमा विद्या राईले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x