
भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ ।
शनिवारको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ३२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ११ लाख ९२ हजार ८८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाले १०८ जनाको मृत्यु भएसँगै कूल मृतकको संख्या १ लाख ५७ हजार ६५६ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण बढ्नुलाई भारतले चेतावनीको रूपमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या १ लाख ८० हजार ३०४ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा महाराष्ट्र, केरल, पञ्जाब, कर्नाटक र तमिलनाडु प्रदेशमा बढी कोरोना संक्रमित देखिएका छन् ।
पछिल्लोपल्ट देखिएका संक्रमितमध्ये कूल ८२% संक्रमित यी ५ प्रदेशमा रहेका छन् । महाराष्ट्रमा मात्रै १० हजार २१६ नयाँ संक्रमित फेला परेका मन्त्रालयले जनाएको छ ।