×

NMB BANK
NIC ASIA

पुरानै लयमा फर्कियो तातोपानीको पर्यटन

फागुन २२, २०७७

NTC
तस्वीर सौजन्य : रासस
Premier Steels

प्राकृतिक उपचार स्थलका रुपमा परिचित बेनी नगरपालिका–४ तातोपानीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको छ ।

Muktinath Bank

कोरोना भाइरसको जोखिम र रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सुनसान बनेको तातोपानीमा स्नान गर्नेको घुइँचो लागेको छ । विसं २०७६ चैत पहिलो हप्तादेखि बन्द भएको तातोपानी गत माघ १ गतेदेखि खुला गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बन्दाबन्दी हुनुअघिकै सङ्ख्यामा पाहुना स्नानका लागि आउन थालेका बताए । “दश महिना बन्द भएको तातोपानी कुण्ड अहिले पुरानै अवस्थामा फर्किएको छ”, उनले भने, “कोरोनापछि यति धेरै मानिस आउँछन् जस्तो लागेको थिएन ।”


Advertisment
Nabil box
Kumari

समितिको तथ्याङ्कअनुसार हाल तातोपानी कुण्डमा दैनिक एक हजार ५०० जनाले स्नान गरेका छन् । चाप बढेकाले तीन समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको छ । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायत देशका सबैजसो जिल्लाबाट स्नान गर्न आउने गरेका छन् । 

Vianet communication

तातोपानी बजारका होटल र घरबास पाहुनाले भरिभराउ भएका होटल व्यवसायी कुमार केसीले बताउनुभयो । दुई सय घरधुरी भएको तातोपानीमा १० होटल छन् । सबैजसो घरमा घरबास सुविधा छ । होटलसँगै व्यापार व्यवसाय पुरानै लयमा फर्किएको व्यवसायी केसीले बताए।   

ज्वरो, रुघाखोकी लागेको हुननपर्ने र मास्कको प्रयोग अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड बनाइएको छ । म्याग्दी नदीको किनारमा जमीनभित्रबाट बिरेनूनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा एकपटकमा ३५० देखि ४०० जनाले स्नान गर्न सक्ने क्षमता छ । 

ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुनेलगायतका स्वास्थ्य समस्या निको हुने भएकाले तातोपानीमा स्नान गर्न आएको बागलुङको निसीखोला गाउँपालिका–४ की कली विकले बताए । 

ग्यास्ट्रिक, बाथरोथ (युरिकएसिड), ढाड दुख्ने, छालासम्बन्धी विविध रोग, सुन्निएको, बज्रिएर चोट लागेको, मर्किएको, पेट सुन्निने, गलगाँड र एसाइटिस जस्ता स्वास्थ्य समस्या निको हुने गरेको बिरामी बताउँछन् ।  

यस स्थानमा बिरेनून र गन्धक (सल्फर) तत्वसहितको ४५ देखि ५७ डिग्री सेल्सियस तातोपानी निस्कने मुहान रहेको छ । गन्धक आफैँमा एक प्राकृतिक एन्टिबायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने अध्यक्ष शाक्यले बताए । 

एक दिनमा दुईपटक दुई÷दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच–दश मिनेटसम्म पछ्यौरा, ब्याङ्केट, प्लास्टिक, काम्लो आदि न्यानो कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कँदासम्म विश्राम गरिन्छ । 

तातोपानी कुण्डमा पुरुष र महिलाका लागि फरकफरक समय तालिका बनाइएको छ । गत आर्थिक वर्षमा बिरामीको प्रवेश शुल्क र चन्दा सहयोग गरेर समितिलाई कूल रु एक करोड २१ लाख आम्दानी भएको थियो । तातोपानी कुण्डमा विशेष गरेर असोज, कात्तिक, माघ, फागुन र चैत महिनामा मानिसको घुइँचो लाग्ने गर्छ ।

कुण्डको आम्दानीले कर्मचारीको तलब, व्यवस्थापन, पूर्वाधार निर्माणका साथै स्थानीय सरस्वती माविका ११ निजी स्रोतका शिक्षकलाई तलबभत्ता उपलब्ध गराइएको कुण्ड व्यवस्थापन समितिका कोषाध्यक्ष तुलप्रसाद श्रेष्ठले बताए । सन्तोष गौतम,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x