ललितपुर, ८ जेठ–स्थानीय तह चुनावको परिणामअनुसार काठमाडौं उपत्यका भित्रका क्षेत्रमा प्राय नील रहेको नेकपा माओवादी केन्द्रले ललितपुर महानगरपालिकामा खाता खोलेको छ ।
ललितपुर महानगरपालिकाको वडा नम्बर २१ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार रवीन्द्र महर्जन ११३५ मत ल्याएर जियी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मदन कृष्ण डंगोलले ९७५ ल्याए ।
त्यस्तै २२ नम्बर वडामा पनि माओवादी उम्मेदवार अमिरमान शाक्य २ मतले विजयी भएका छन् । एमाले उम्मेदवार प्रेमभक्त महर्जनले १२७० मत ल्याउँदा माओवादीका शाक्य १२७२ मत ल्याएर विजयी भएका हुन् ।
वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनाअनुसार माओवादी केन्द्रले पहिलोपटक महानगरपालिकाको वडामा जीत हासिल गरेको हो ।