२५ जेठ २०८३, सोमबार

जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान

फागुन २२, २०७७
जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न सवैलाई आह्वान गरेका छन्।

त्यसका लागि दुई ओटा उपाय भएको उनको भनाई छ । प्रधानमन्त्री मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न नीतिगत व्यवस्था गरेर र मानवीय व्यवहार परिवर्तन गरेर लड्न सकिने बताए । 

‘सेरा सप्‍ताह २०२१’ लाई प्रमुख वक्ताको रुपमा भिडियोमार्फत् सम्वोधन गर्दै उहाँले जलवायु परिवर्तनका विरुद्धमा लड्नु सवैको साझा दायित्व भएकोमा पनि जोड दिए । 

“भारतले प्रकृतिक वायुको उत्पादन बढाउने र हानिकारक वायुको मात्रा घटाउने कार्य गरिरहेको छ,” प्रधानमन्त्री मोदीले भने ।

अहिले ६ प्रतिशत रहेकोमा आगामी सन् २०३० सम्ममा १५ प्रतिशत पु¥याउने लक्ष्य लिइएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले जलवायु परिवर्तनका विरुद्धमा लड्ने सवैभन्दा बलियो उपाय भनेकै व्यवहार परिवर्तन भएको बताए । 

“कतिपय त्यस्ता व्यवहारले जलवायु परिवर्तनलाई सहयोग गरेका छन्, हाम्रा कतिपय त्यस्ता परम्परागत वा अहिले गरिरहेका व्यवहारमा परिवर्तन आवश्यक छ,” उनले भने। 
 

salt training

कमेन्ट गर्नुहोस्