२३ असार २०८३, मंगलबार

लुम्बिनीका पाँच मन्त्रीले लिए शपथ

जेठ २५, २०८३
बुटवल
लुम्बिनीका पाँच मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

रूपन्देहीको बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।

पुनर्गठित मन्त्रिपरिषद्‌मा एमालेबाट चार जना र जनता समाजवादी पार्टीबाट एक जना गरी पाँच जना मन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीहरूमा तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर रहेका छन् ।

चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, घिमिरेलाई स्वास्थ्य मन्त्रालय, खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्