०६ असार २०८३, शनिबार

प्रचण्डको दावी : अहिले अर्को प्रचण्ड कोही बन्दैनन्, विप्लव पनि एक दिन मैसँग आउँछन्

फागुन २२, २०७७
प्रचण्डको दावी : अहिले अर्को प्रचण्ड कोही बन्दैनन्, विप्लव पनि एक दिन मैसँग आउँछन्

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले मुलुकमा अर्को कुनै प्रचण्ड नआउने दावी गरेका छन् । 

पेरिस डाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अहिले अर्को प्रचण्ड कोही पनि नबन्ने बताउँदै नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव पनि आफ्नै लाइनमा आएको बताए । 

उनले भने, मैले विप्लव जी छुट्टिँदा पनि भनेको थिएँ, अर्को प्रचण्ड अहिले आउँदैनन्, बन्दैनन्,अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो ।’

नेकपा विप्लव समूहबाट आएका कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने,‘विप्लवजीसँग सम्बन्धित कमरेडहरू पनि जोडिनुभयो आज, म तपाईंहरूलाई धन्यवाद भन्न चाहन्छु र विप्लवलाई पनि धन्यावाद भन्न चाहन्छु ।’
प्रचण्डले विप्लव पनि ढिलोचाँडो आफूसँगै हुने बताए । उनले भने,‘मैले जहाँसम्म उहाँसँग बुझेको छु, उहाँ यही टिममा आउनै पर्छ , मैले पहिले पनि भनेको थिएँ, एक दिन आउनेछ ।’

प्रचण्डले आफू र माधव कुमार नेपाल नेतृत्वको नेकपा नै आधिकारिक र शक्तिशाली पार्टी भएको जिकिर गरे । 
  
 

salt training

कमेन्ट गर्नुहोस्