०६ असार २०८३, शनिबार

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पद जोगियो, विश्वासको प्रस्ताव पारित

फागुन २२, २०७७
पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पद जोगियो, विश्वासको प्रस्ताव पारित

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पद जोगिएको छ । वित्तमन्त्री अब्दुल हफीज शेखले चुनाव हारेपछि सरकारमाथि प्रश्न उठेको थियो ।

सरकारले संसदमा विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतबाट पारित भएपछि प्रधानमन्त्री खानको पद जोगिएको हो ।

संसदमा रहेका ३४२ सदस्यमध्ये १७८ सांसदले प्रधानमन्त्री खानको पक्षमा मत दिएका छन् । सरकारमाथि प्रश्न उठेपछि विश्वासको मत लिन विदेशमन्त्री शाह महमूद कुरेसीले संसदमा प्रस्ताव पेश गरेका पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रस्तावमा मतदान हुनुअघि खानले आफ्नो पार्टीका सांसदलाई ह्वीप लगाएका थिए । संसदमा विश्वासको मत लिन नसके विपक्षमा बस्ने घोषणा प्रधानमन्त्री खानले यसअघि नै गरिसकेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्