०१ असार २०८३, सोमबार

३ हजार ५३५ पीसीआर परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण

फागुन २२, २०७७
३ हजार ५३५  पीसीआर परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा नेपालमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ३५ जनामा पीसीआर पीसीआर परीक्षण गर्दा  ४७ जनामा कोरोना पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ५५ पुगेको छ।

पछिल्लो २४ घन्टामा ६२ संक्रमित निको भएका छन्। यससँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ७० हजार ८ सय २८ पुगेको छ।

मन्त्रालयका अनुसार, हालसम्म सक्रिय संक्रमितको संख्या ८ सय १७ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना बाट मृत्यु हुनेको संख्या शून्य छ । यससँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ।

salt training

कमेन्ट गर्नुहोस्