०४ असार २०८३, बिहीबार

'भ्रममा परेका कार्यकर्ता र नियत बिग्रेका नेता बैठकमा आएनन्, ठीकै छ'

फागुन २२, २०७७
'भ्रममा परेका कार्यकर्ता र नियत बिग्रेका नेता बैठकमा आएनन्, ठीकै छ'
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट सांसदहरूसँग भ्रममा परेका कार्यकर्ता र नियत बिग्रेका नेता बैठकमा नआएको भन्दै गुनासो गरेका छन् ।

शनिवार अपराह्न ३ बजे बालुवाटारमा बसेको ओली समूहको संसदीय दलको बैठकमा ओलीले प्रचण्ड-नेपाल पक्षमा लाग्नेहरूलाई 'भ्रममा परेका कार्यकर्ता र नियत बिग्रेका नेता भनी' सम्बोधन गरेका हुन् ।

करीब १ घण्टा बसेको बैठकमा ओली एक्लैले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ओलीले भने, 'आजको संख्यालाई मात्र तपाईंहरूले नहेर्नु होला, भोलि यो झन् बढ्छ । भ्रममा परेका कार्यकर्ता र नियत बिग्रेका नेताहरू बैठकमा आएनन् । ठीकै छ ।'

ओलीले देश र जनताको पक्षमा सरकारले काम गरिरहेको दाबीसमेत गरे । 'हामीले देश र जनताको पक्षमा सरकार संचालन गरिरहेका छौं,' ओलीको भनाइ उदृत गर्दै सांसद खिमलाल भट्टराईले लोकान्तरसँग भने, 'साथीहरू जो भ्रममा परिरहनु भएको छ, उहाँहरू यतै आउनु हुन्छ । हामी पार्टी विभाजन हुन दिने पक्षमा छैनौं ।'

उनले शनिवार १ सय १५ जना सांसदहरूको उपस्थिति रहेको दाबी गरे ।

'राष्ट्रिय सभाबाट २४ र प्रतिनिधि सभाबाट ९१ सांसदहरूको उपस्थिति थियो,' उनले भने ।

वामदेव गौतम, गौतमपत्नी तुलसा थापा र माया ज्ञवालीले प्रधानमन्त्री ओलीलाई यतै आउने वचन दिएको उनले दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्