
हेटौंडा ८ जेठ– हेटौंडा उपमहानगरपालिकाको जारी मत मतगणनामा नेपाली कांग्रेस र एमालेबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।
सोमवार दिउँसोसम्मको नतिजा अनुसार मेयरमा नेकपा एमालेका उम्मेदवार हरिबहादुर महत १६ हजार ७ सय ७२ मतका साथ अग्र स्थानमा छन् । एमाले उम्मेदवारलाई पच्छाइरहेका कांग्रेसका आनन्दराज पराजुली १६ हजार ६ सय ९९ मत सहित दोस्रो स्थानमा छन् ।
कांग्रेस, एमालेको मतअन्तर जम्मा ७३ छ । राप्रपाका मधु अधिकारी तेस्रो स्थानका छन् । उपमेयरमा एमालेकी मीनाकुमारी लामाले १६ हजार ८ सय १४ भोट ल्याउदा माओवादी केन्द्रका बलराम बलले १२ हजार ३ सय ५९ मत पाएका छन् ।