×

NMB BANK
NIC ASIA

आम सर्वसाधारणको नजरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रतिको छाप सत्तालोलुप र प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने नेता भन्ने छ । सरकार बनाउनका लागि जस्तोसुकै गठबन्धन तयार गर्न पछि नपर्ने भन्ने आरोप पनि उनीमाथि लाग्ने गर्छ । अझ ज्योतिषीले ‘७ पटक प्रधानमन्त्री बन्ने योग छ’ भनी भविष्यवाणी गरिदिएपछि देउवा हाँसिमजाकको पात्र पनि बने । 

Muktinath Bank

जतिबेला देशका दुई ठूला कम्युनिस्ट पार्टी तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर संसदमा दुईतिहाइ नजिकको बहुमत ल्याउँदै थिए, देउवा भने सातपटक प्रधानमन्त्री बन्छस् भन्ने ज्योतिषीको भनाइ पत्याउँदै हिँडिरहेका थिए । देउवा मात्र होइन ‘देउवालाई ७ पटक प्रधानमन्त्री बन्ने योग छ’ भन्ने ज्योतिषी समेत मजाकको पात्र बने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७४ सालको प्रतिनिधि सभा चुनावमा दुईतिहाइ नजिक बहुमत ल्याएपछि उत्साहित नेकपा नेताहरू अब देशमा ५० वर्ष आफूहरू नै सत्तामा बस्ने अभिव्यक्ति दिन्थे । त्यो बेलामा पनि कांग्रेसका केही नेताले ‘राजनीति सम्भावनाको खेल हो’ भन्दै कांग्रेसका लागि सत्ता टाढाको विषय नभएको दाबी गर्दै आएका थिए । नेपालको राजनीतिमा ‘जोमसोमको मौसम’मा जस्तै नाटकीय फेरबदल आउँदा ज्योतिषीको राजनीतिक भविष्यवाणी मेल खाने अवस्थामा पुग्यो । 


Advertisment
Nabil box
Kumari

भविष्यमा देउवाले कस्तो छाप छाड्लान्, त्यो अलग कुरा भयो । तर तत्कालका लागि भने देउवाले लिएका निर्णय अत्यन्त सुविचारित र सुझबुझपूर्ण देखिएका छन् । प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको आदेशपछिका दिनमा देउवाले लिएको लाइनले कांग्रेस र स्वयं उनको साख जोगाएको छ ।

Vianet communication
Laxmi Bank

किस्तीमा प्रधानमन्त्री पद

फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरिदिएको भोलिपल्ट तत्कालीन नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बूढानीलकण्ठस्थित निवासमा पुगेर देउवासँग सत्ता सहकार्यका लागि प्रस्ताव गरे । 

प्रचण्ड–नेपालले प्रधानमन्त्रीको पद लिइदेऊ भनेर किस्तीमा राखेर विपक्षी पार्टीको घरघरमा गएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमबाटै व्यंग्य गरेका थिए ।

प्रधानमन्त्री बन्ने अफर घरमै आउँदा पनि देउवाले यसपटक हतारो गरेनन्, ज्योतिषीको परामर्श होस् या राजनीतिक परिस्थितिको सही आंकलन गरेर किन नहोस् । निकटस्थहरूसँग देउवाले भन्ने गरेका छन्– ‘यी कम्युनिस्टहरूको भर छैन, कुनै पनि बेला धोखा दिन सक्छन् ।’

प्रतिनिधि सभा पुनःस्थापना भएलगत्तै एकथरि राजनीतिक पण्डितहरूबीच फागुन महिनामै देउवा प्रधानमन्त्री बन्ने विश्लेषण शुरू भयो । बजारहल्लाको बीचमा ज्योतिषीहरूले देउवालाई घरमै गएर सुझाव दिएको पनि मिडियामा खबर आयो । 

फागुन १९ गते बसेको कांग्रेस पदाधिकारी बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका थिए– ‘प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढक्ढक्याइरहेको छ, हामी भने झ्यालबाट नियालिरहेका छाैं ।’ कांग्रेस प्रवक्ताको भनाइबाट प्रस्ट बुझिन्थ्यो कि कांग्रेसलाई प्रधानमन्त्रीको अफर भइरहेको छ । 

तर देउवाले यसपटक प्रधानमन्त्री बन्न हतारो गरेनन् । प्रचण्ड–नेपालले सहकार्यको प्रस्ताव राखेर फर्किएको केहीबेरमा महेन्द्रनारायण निधीको जन्मजयन्ति समारोहमा पुगेर देउवाले कम्युनिस्टहरूको भर नभएको तथा गुटसँग सहकार्य नहुने भन्दै नेकपा आधिकारिकताको निर्णय कुरेर बसे । 

कुनै राजनीतिक चमत्कार गरेर नभई निर्णय गर्न हतार नगरेर देउवाले परिपक्वता प्रदर्शन गरेका छन् । यसपटक देउवाले आफूलाई दूरदर्शी सावित गरे । 

राजनीतिक करिअरकै सुझबुझपूर्ण निर्णय !

विगतमा प्रधानमन्त्री बनेको समयमा देउवा विवादमुक्त हुन सकेका थिएनन् । २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेको समयमा देउवा परिपक्व नेता बनिसकेका थिएनन् । दोस्रोपटक २०५८ सालमा प्रधानमन्त्री बनेको समयमा प्रतिनिधि सभा विघटन गरेर ‘प्रजातन्त्र दरबारमा बुझाएको’ आरोप देउवामाथि लाग्यो ।

प्रतिनिधि सभा विघटन गरेर तोकिएको समयमा चुनाव गर्न नसकेको भन्दै तत्कालीन राजाबाट ‘असक्षम’ घोषित भएर देउवा अपदस्थ भए ।

केही समय सडक आन्दोलन गरेका देउवा गोर्खाली राजाबाट न्याय मिलेको भन्दै २०६१ सालमा फेरि प्रधानमन्त्री बने । दोस्रोपटक पनि देउवा अपदस्थ भए । देउवा मात्र होइन दरबारबाट प्रजातन्त्र नै अपहरणमा पर्‍यो । त्यसपछि जनआन्दोलन भयो । गणतन्त्र नै स्थापना भयो । 

संसद्मा तेस्रो हैसियतमा रहेको माओवादी केन्द्रसँग मिलेर २०७४ सालमा देउवा प्रधानमन्त्री बने । संविधान सभाबाट बनेको संविधानअनुसार पहिलोपटक प्रतिनिधि सभाको चुनाव गराएर देउवाले संक्रमणकालको अन्त्य र संविधान कार्यान्वयनको युग शुरू गरे । तर पार्टीलाई चुनावमा पराजय गराएको आरोप देउवामाथि लाग्यो ।

कांग्रेसभित्र देउवाको विकल्प खोज्न अर्ली महाधिवेशनको माग पनि भयो । आलोचना खेप्दै र परिस्थितिलाई सम्हाल्दैसम्हाल्दै देउवाले तीन वर्ष गुजारे । 

पाँचौंपटक प्रधानमन्त्री बन्न देउवा मञ्जुर भएको भए शायद प्रतिनिधि सभाको अधिवेशन शुरू भएको दिन (हिजो) आइतवार नै नेपाली कांग्रेसको समर्थनमा प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्थ्यो । प्रचण्ड–नेपाल समूहले त्यसको पनि तयारी गरेको थियो, तर कांग्रेसले त्यो अपरिपक्व कदम चाल्न चाहेन ।

२०७४ सालको प्रतिनिधि सभा चुनावका बेला सरकारमै रहेका प्रचण्डले धोका दिएर एमालेसँग चुनावी तालमेलमा गएको कुरा देउवाले भुल्न सकेका छैनन् । 

शुक्रवार बसेको संसदीय दलको बैठकमा देउवाले परिस्थितिको मूल्यांकन गरेर मात्र ‘मूभ’ गर्नुपर्ने बताएका थिए । सांसद सञ्जय गौतमका अनुसार शुक्रवारको बैठकमा देउवाले सरकारको नेतृत्व गर्नका लागि कांग्रेसलाई अफर आएको भएपनि हतारमा निर्णय गर्न नहुने धारणा राखेका थिए । देउवाले नेकपा विवादबारे सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको निर्णय कुर्नुपर्छ भनेका थिए । 

सर्वोच्च अदालतको आइतवारको फैसला आउनुअघि अविश्वासको प्रस्ताव दर्ता गरेको भए देउवा पेन्डुलम हुने खतरा थियो । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिने सर्वोच्चको आइतवारको फैसला पछि पनि देउवा प्रधानमन्त्री बन्ने सम्भावना टरेको भने छैन, तर परिस्थितिमा निकै फेरबदल आइसकेको छ । सर्वोच्चको आइतवारको फैसलाले संसद्को समीकरणमा फेरबदल ल्याएको मात्र नभई राजनीतिक दिशा समेत बदल्ने सम्भावना छ । 

आइतवारको फैसलाका बहुआयामिक पक्ष छन् । प्रचण्ड र नेपाल जसले प्रधानमन्त्रीको अफर गरेका थिए उनीहरूको दलीय सामर्थ्यमा पहिरो गएको छ । संसद्को पहिलो दल नेकपाको आधिकारिक धार दाबी गरेका प्रचण्ड तेस्रो दलमा खुम्चिन पुगेका छन् । सुझबुझपूर्ण कदमले देउवा भने पेण्डुलम बन्नबाट जोखिएका छन् ।

समकालीन नेतामा परिपक्व नेता भएको प्रमाणित गर्नुभयो– शाही 

सभापति देउवालाई नजिकबाट चिन्ने कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही यसपटक देउवाले लिएको अडानबाट नेपालमा समकालीन नेतामा देउवा परिपक्व हुन् भन्ने प्रमाणित भएको दाबी गर्छन ।

‘म सत्ताका लागि चलखेल गर्दिनँ, तर काँधमा जिम्मेवारी आयो भने भाग्दिनँ भन्नु एक कुशल नेताको विशेषता हो । राजनीति गर्ने मान्छे सत्तामा जाँदिनँ भन्न मिल्दैन, उसले चाल्ने मूभ सही हुनुपर्छ,’ कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहीले लोकान्तरसँग भने । 

फागुन १९ गते चितवनमा पुगेर देउवाले आफूहरू सत्ताका लागि मरिहत्ते नगर्ने तर जिम्मेवारी आए नभाग्ने प्रतिक्रिया दिएका थिए । 

केन्द्रीय सदस्य शाही जुनसुकै राजनीतिक दलको उद्देश्य सत्ता चलाउने हुने भएकाले प्रतिपक्षमै बस्नुपर्छ भन्ने कांग्रेसका अन्य नेताहरूसँग सहमत हुन नसकिने बताउँछन् । 

‘प्रतिपक्ष भनेको वेटिङ प्राइमिनिस्टर पनि हो, सरकारमै जाँदैनौं भन्ने हो भने त किन चुनाव लड्नुपर्‍यो ?’ शाहीले भने । 

त्रिशंकु संसद्मा परिणत भएको प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा रहेका देउवाले आगामी दिनमा निर्वाह गर्ने भूमिकाले उनको परिपक्वताको थप परीक्षण हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x