०७ असार २०८३, आइतबार

यी खानेकुरा खानुस् आँखा कमजोर हुनबाट बच्नुस्

पुस १८, २०७८
यी खानेकुरा खानुस् आँखा कमजोर हुनबाट बच्नुस्

 आजकल मानिसहरू जतिखेर पनि स्मार्टफोनमा झुण्डिरहने भएकाले आँखामा खराब असर परिरहेको हुन्छ । बच्चाहरू पनि आँखा कमजोर भएर चश्मा लगाउन थालेका छन् । त्यसैले मोबाइल, ट्याब्लेट र ल्यापटपको प्रयोग कम गर्नुका अलावा तपाईंले स्वास्थ्यवर्द्धक केही खानेकुरा पनि खानु जरूरी हुन्छ ।

भिटामिन
शरीरमा भिटामिनको कमी हुँदा आँखा कमजोर हुन्छ । आफ्नो आहारमा भिटामिन ए, बी, सी र ई भएका आहार समावेश गर्नुस् । सुन्तला, मौसम, केरा, लौका, किवी, भेडेखुर्सानी, हरियो सागसब्जी र भुइँकटहर जस्ता खानेकुरा खानुस् । मुङ्फली बदाम, जुस र दूधबाछ बनेका आहारले पनि फाइदा गर्छन् ।

बदाम
बदाम आँखाका लागि लाभदायक हुन्छ । राति पानीमा बदाम भिजाएर बिहान खानुस् । यसले आँखा पनि बलियो बनाउँछ अनि स्मरणशक्ति पनि बढाउँछ । बदाममा सूप र मिश्री मिसाएर खाँदा पनि लाभ हुन्छ ।

हरियो सागपात
आँखाका लागि क्यारोटिन लाभदायक हुन्छ र हरियो सागपातमा यो तत्त्व भरपूर भेटिन्छ । यसले आँखाको पुतलीमा सकारात्मक असर पार्छ । यसलाई आफ्नो आहारमा अवश्य समावेश गर्नुस् ।

ओखर
ओखरमा ओमेगा ३ फ्याट्टी एसिड भरपूर हुन्छ । आँखाको ज्योति बढाउन बच्चाहरूलाई नियमित रूपमा ओखर खुवाउनुस् ।
 

कमेन्ट गर्नुहोस्