२६ जेठ २०८३, मंगलबार

काठमाडौंमा अर्को स्थानीय तह पनि जित्यो एमालेले

कात्तिक २०, २०७४
काठमाडौंमा अर्को स्थानीय तह पनि जित्यो एमालेले
काठमाडौँ, ८ जेठ कागेश्वरी मनोहरा नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।uml-elected

नगरप्रमुखमा एमालेका कृष्णहरि थापा आठ हजार ९६९ मत ल्याई विजयी भएको नगर निर्वाचन अधिकृत प्रकाश कोइरालाले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उपेन्द्र कार्कीले आठ हजार ४८७ मत पाए । यस्तै नेकपा माओवादी केन्द्रका महेश्वर फुयाँलले दुई हजार ५६७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ७३९ मत पाएका छन् ।

उपप्रमुखमा एमालेकी विन्दु सिंखडा नौ हजार १८२ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी अनिता अधिकारीले आठ हजार २९६ मत ल्याउन सफल भइन् । माओवादी केन्द्रकी रुकु रणपालले दुई हजार १९२ र राप्रपाकी कुस्मा नगरकोटीले ९२५ मत पाए । त्यस्तै वडा नं १, ३, ५, ६, ८ र ९ मा एमाले एवम् वडा नं २, ४ र ७ मा काँग्रेस विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्