बलिउड अभिनेत्री सोनम कपूर आहुजाको फेशन र ड्रेसिङ सेन्स राम्रो मानिन्छ । उनी आफ्नो फेशनमा परीक्षण गरिरहन्छिन् ।
तर सोनमले हालै सुट पाइन्ट लगाएर गरेको फोटोशूटले उनको बेइज्जती गराएको छ ।
बोसले लगाउने जस्तो वस्त्र लगाएर उनी स्विट्जरल्यान्डको जिनेभामा आयोजित एक इभेन्टमा देखिएकी थिइन् ।
उक्त लक्जरी शो इभेन्टमा सोनमले अमेरिकन फेशन हाउस काल्भिन क्लाइनले डिजाइन गरेको पिंक प्यान्ट सुट लगाएकी थिइन् । यो मोनोक्रोम्याटिक सेट लिनन र क्रिसमस सिल्क जस्ता मिक्स्ड फ्याब्रिकले बनाइएको थियो ।
सोनमले उक्त इभेन्टका लागि सोचीबुझी नै कपडा छानेकी थिइन् । तर उनको प्यान्ट पुरुषले लगाउने जस्तो देखिन पुग्यो । उनको पाइन्ट सुटसँग म्याचै गरेको देखिएन ।
यस लूकसहितको तस्वीर सोनमले सामाजिक सञ्जालमा राखेपछि ट्रोलरहरूले मजाक उडाए । बुवा अनिल कपूरको पाइन्ट लगायौ कि क्या हो भन्दै उनीहरूले सोनमको बेइज्जती गरे ।
केहीले यो सोनमको अहिलेसम्मकै सबभन्दा खराब लूक भएको बताए अनि उनको फेशन सेन्समाथि नै प्रश्न उठाए ।
तपाईं नै भन्नुस्, सोनमलाई पाइन्ट सुट सुहाएको छ कि छैन होला ?