२४ जेठ २०८३, आइतबार

प्रेमी रणवीर कपूर कोरोना संक्रमित भएपछि आलिया भट्ट क्वारेन्टीनमा, लेखिन् प्रेरणास्पद सन्देश

फागुन २६, २०७७
प्रेमी रणवीर कपूर कोरोना संक्रमित भएपछि आलिया भट्ट क्वारेन्टीनमा, लेखिन् प्रेरणास्पद सन्देश

बलिउडका दिग्गज फिल्म निर्देशक सञ्जय लीला भन्साली र अभिनेता रणवीर कपूर कोरोनाभाइरस संक्रमित भएका छन् । 

दुवैको रिपोर्ट पोजिटिभ आएको छ । 

आलिया भट्टले दुवैजनासँग काम गरिरहेकी थिइन् । 

सञ्जयसँग गंगूबाई काठियावाडी र रणवीरसँग ब्रह्मास्त्रमा उनले काम गरिरहेकी थिइन् । 

उनीहरू कोरोना पोजिटिभ आएपछि आलिया पनि सावधान भइन् र सेल्फ क्वारेन्टीनमा गइन् । उनी घरैमा क्वारेन्टीन गरिरहेकी छन् । 

उनले कोरोना टेस्ट पनि गराइन् तर रिपोर्ट नेगेटिभ आएको छ । 

प्रेमी रणवीरका लागि उनले इन्स्टाग्राममा प्रेरणास्पद उद्धरण पनि राखेकी छन् । उनले लेखिन्, ‘हामी जे सहँदै जान्छौं, त्यसैमार्फत अघि बढ्छौं । उनले ह्याशट्यागमा द गूड वर्ड पनि लेखिन् । 

salt training

कमेन्ट गर्नुहोस्