१२ असार २०८३, शुक्रबार

राजीनामापछि मुख्यमन्त्रीले गरे रोचक तर्क : ‘गलत नक्षत्रमा पहिलो शपथ भएकाले अस्थिरता’

फागुन २६, २०७७
राजीनामापछि मुख्यमन्त्रीले गरे रोचक तर्क : ‘गलत नक्षत्रमा पहिलो शपथ भएकाले अस्थिरता’

नेपालको सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएको पश्चिमी भारतीय प्रदेश उत्तराखण्डमा राजनीतिक हलचल भइरहेको छ । मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले राजीनामा दिएपछि तीरथसिंह रावत नयाँ मुख्यमन्त्री बन्दैछन् ।

प्रदेश राजधानी देहरादूनमा भएको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) विधायक दलको बैठकले तीरथलाई नयाँ मुख्यमन्त्री चुनेको हो । मुख्यमन्त्री त्रिवेन्द्र ५ वर्षे कार्यकाल पूरा नगरी बिदा हुँदैछन् ।

यी मुख्यमन्त्री मात्रै होइनन्, उत्तराखण्डको इतिहासमा अधिकांश मुख्यमन्त्री पूरै कार्यकाल सरकार नचलाई बिदा हुने गरेका छन् । यस्तो अस्थिरता किन भइरहेको छ ?

राजीनामा दिएपछि बिदा हुनै लागेका कार्यबाहक मुख्यमन्त्री त्रिवेन्द्रले भारतीय सञ्चारमाध्यम आजतकसँग कुरा गर्दै अस्थिरताबारे रोचक तर्क गरेका छन् । 

अस्थिरताको कारण बताउँदै उनले भने, ‘यो प्रदेशको पहिलो शपथ ग्रहण गलत नक्षत्रमा भएको थियो । जसले गर्दा यहाँ अस्थिरता रहिरहन्छ । सानो प्रदेश भएका कारण यस्तो हुन्छ ।’

बुधवार बिहान बसेको भारतीय जनता पार्टी (भाजपा) विधायक पदको बैठकले तीरथसिंह रावतलाई नयाँ मुख्यमन्त्री चयन गरेको छ । यसअघि मंगलवार मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले राजीनामा दिएका थिए । नयाँ मुख्यमन्त्री तीरथले बुधवारै शपथ लिनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ मुख्यमन्त्री तीरथ उत्तराखण्डको गढवालबाट निर्वाचित लोकसभा सांसद हुन् । उनी यसअघि भाजपाको उत्तराखण्ड प्रदेश अध्यक्ष समेत भइसकेका छन् । हाल उनी भाजपाको राष्ट्रिय सचिव रहेका छन् ।

पार्टी सांसदले असन्तुष्टि व्यक्त गरेपछि मुख्यमन्त्री त्रिवेन्द्रले राजीनामा दिनुपरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्