काठमाडौं, ८ जेठ—राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्नका लागि नेपाली सेना परिचालनको लागि स्वीकृति प्रदान गरेकी छिन् ।

राष्टपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ—राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७४—२—२ को सिफारिस, मन्त्रिपरिषद्को मिति २०७४—२—४ को निर्णय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को मिति २०७४—२—४ को पत्रमा उल्लिखित सिफारिस बमोजिम २०७४ साल जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान भएको छ ।