
अहिलेसम्म यूट्युबमा भिडियो बनाउनेहरूले कर तिर्नु पर्दैनथियो तर अब तिर्नुपर्ने भएको छ ।
यूट्युबले अमेरिकाबाहिरका क्रिएटरहरूबाट कर लिने निर्णय गरेको छ । तपाईं नेपालमा बसेर यूट्युब भिडियो बनाउनुहुन्छ भने कर तिर्नुपर्ने हुन्छ ।
अब अमेरिकामा भ्यु भएकोको मात्र कर तिर्नुपर्छ । अमेरिकी क्रिएटरहरूले चाहिँ कर तिर्नुपर्दैन ।
अमेरिकामा बस्ने कसैले तपाईंको भिडियो हेरेमा त्यसबाट हुने कमाइमा कर लाग्ने भयो ।
यूट्युबले यो नयाँ नीति सन् २०२१ बाट लागू गर्दैछ । कम्पनीले नयाँ नियमका विषयमा भिडियो बनाएर ट्विटर ह्यान्डलबाट शेयर समेत गरेको छ ।
यूट्युबले भिडियो क्रिएटरहरूबाट याडसेन्स अकाउन्टमा करसम्बन्धी जानकारी दाखिला गर्न पनि भनेको छ ।
तपाईंले करको जानकारी सन् २०२१ को मे ३१ सम्ममा दिनुभएन भने कुल कमाइको २४ प्रतिशतसम्म पैसा काटिनेछ ।