०४ असार २०८३, बिहीबार

मेलम्ची पानीसँगै आधुनिक प्रविधिमा आधारित ‘फायर हाइड्रेन्ट’

फागुन २७, २०७७
मेलम्ची पानीसँगै आधुनिक  प्रविधिमा आधारित ‘फायर हाइड्रेन्ट’

मेलम्ची  खानेपानी  आयोजनाले  राजधानीमा  पानी  वितरणसँगै  ‘फायर  हाइड्रेन्ट’  सञ्चालनमा  ल्याउने तयारी गरेको छ । दमकलले पानी भर्न  मिल्ने  गरी  प्रविधि  जडान  गरिनुलाई  फायर  हाइडे«न्ट  भनिन्छ  ।  यो  आधुनिक  प्रविधिमा आधारित हुनेछ । राजधानीमा बढ्दै गएको आगलागीको जोखिमलाई दृष्टिगत गर्दै मेलम्ची खानेपानी आयोजनाले  चक्रपथभित्र  ३५०  स्थानमा  ‘फायर हाइड्रेन्ट’ को स्थापना गर्न लागेको हो ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका  निर्देशक  कमल  श्रेष्ठले  घना  बस्ती  र  आवादीका  कारण  दिनका  दिन  आगलागीको  जोखिम  बढ्दै  गएको  राजधानीमा  मेलम्चीको  पानी  वितरणसँगै  आगलागी नियन्त्रण, दैवीप्रकोप तथा विपत् व्यवस्थापनका  लागि  सहज  र  उपयोगी  हुने  ‘फायर  हाइड्रेन्ट’  सञ्चालनमा  ल्याइने  जानकारी दिए । मेलम्चीको पानी वितरणका लागि पाइप जडान  भइसकेका  क्षेत्रहरूमा  अहिलेसम्म  २३० वटा फायर हाइड्रेन्ट’ जडान भइसकेका छन्  ।  गोरखापत्रमा खबर छ। 

salt training

कमेन्ट गर्नुहोस्