०४ असार २०८३, बिहीबार

नेपाल पक्षको गुटगत भेला जारी, ओली अझै सशंकित

फागुन २७, २०७७
नेपाल पक्षको गुटगत भेला जारी, ओली अझै सशंकित

एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल तथा झलनाथ  खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही ‘सफ्ट’ देखिएपनि आफ्नो गुटगत भेलालाई भने जारी नै राखेको छ ।
सोहीअनुसार बुधबार राजधानीमा बसेको नेपाल पक्षीय भेलाले विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने मुख्य भूमिका ओलीकै हुने भन्दै त्यसको पहलकदमी उनैले लिनुपर्ने आवश्यकता औंल्याएको खबर राजधानी दैनिकमा छापिएको छ ।

तर नेपाल पक्षले गुटगत भेला जारी गरेको भन्दै ओली पक्ष रुष्ट छ । राजधानी दैनिक लेख्छ–एमालेलाई शक्तिशाली बनाउन सबै एकमत भएपनि ओली पक्ष नेपालसँग अझै सशंकित नै रहेका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्