२२ जेठ २०८३, शुक्रबार

त्रिशूलीमा ट्रक खस्दा दुई जना घाइते

फागुन २७, २०७७
त्रिशूलीमा ट्रक खस्दा दुई जना घाइते

पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो ।

ट्रक त्रिशूलीमा खस्दा ट्रकका चालक र सहचालक घाइते भएका छन् ।

घाइते हुनेमा ट्रकका चालक नवलपरासी, सुनवलका २८ वर्षीय दीपक मगर र सहचालक १७ वर्षीय सुदीप विक रहेका छन् । उ

नीहरुमध्ये चालक मगरको अवस्था गम्भीर रहेको छ भने सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक राति २ बजे दुर्घटना भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्